२०८१ पुष २७ , शनिवार

सिप्रदीको स्कील अपदीक्षान्त कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिकउत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरी रहेका सिप्रदीकाच्यानल पार्टनरहरु – आधिकारीक सर्भिस सेन्टर (ASC), प्रमाणित ग्यारेज (CG) र आकस्मिक मर्मत सेवा केन्द्र (FAT)बाट सिफारीशभएका १२ जनाप्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम सके पछि सिफारीश गरिएको वर्कशपमा रोजगार प्राप्त गरेका छन् ।

 

कार्यक्रमको दीक्षान्त समारोहमाकम्पनीकाप्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख संचालनअधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र खादाप्रदान गर्नु भएको थियो । समारोहमाप्रशिक्षार्थीहरुलाई बधाइएवं शुभकामनादिदै प्रमुखकार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निशीयनहरु नवीनतमप्रविधिका टाटा गाडीहरु समेत मर्मत सम्भार गर्न सक्षम रहेकाले, टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवापाउनुहुने जानकारी दिनुभएको छ ।

 

सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापनाभएको सिप्रदी सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्थाहो । सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिकउत्तरदायित्वसँग सम्बन्धीक्रियाकलापहरू संचालन गर्नका लागिसिप्रदी सहायता संस्थाको स्थापना गरिएको हो ।

 

संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिका लाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमाप्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्यलिएको छ । संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पुर्याउने लक्ष्यलिएको छ । यसको साथै संस्थाले प्राकृतिकविपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथापुनर्स्थापनासम्बन्धीकार्यमा सहयोग गर्दै आएको छ ।