२०८१ आश्विन ७ , सोमवार

कोरोना अपडेटः थपिए १६ कोरोना संक्रमित, १३ जना निको

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ८३७ वटा नमुनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।