२०८१ आश्विन ६ , आइतवार

हास्यव्यंग्य सिरियल ‘मेरी बास्सै’मा बडाकाजीको भूमिकामा मुकुन्द श्रेष्ठ

 

सुनाखरी न्युज/ काठमाडौं –  नेपाली हास्यव्यंग्य सिरियलको इतिहासमा सम्भवतः यो कार्यक्रम सर्वाधिक लामो समय चलिरहेको श्रृंखला पनि हो । सिरियलको मंगलबार ७८० औं भाग प्रसारण भएको हो । उक्त भागदेखि सिरियलले कलाकारमा केही हेरफेर गरेको छ । चर्चित अभिनेता मुकुन्द श्रेष्ठ बडाकाजीको भूमिकामा भित्रिएका छन् ।

 

सिरियलमा यो चरित्र निर्वाह गरिरहेका अभिनेता रामचन्द्र अधिकारी बिरामी भएर अहिले घरमै आराम गरिरहेका छन् । उनी निको हुन समय लाग्ने देखिएकाले उनको ठाउँमा मुकुन्दलाई ल्याइएको अभिनेता सुरवीर पण्डितले जानकारी दिए ।

 

पण्डितका अनुसार रामचन्द्र अधिकारी निको भएर फर्किन अझै केही साता लाग्ने भएकाले नयाँ कलाकार ल्याइएको हो ।