२०८१ मंसिर १२ , बुधवार

जनता जनार्दन हुन,कसैको पेवा हैनन: पूर्वमन्त्री विक्रम पाण्डे

सुनाखरी न्युज/  चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत निर्वाचनमा आफू हार्दा पाँच वर्ष चितवनको विकासको काम रोकिएको बताउनुभएको छ। गयको पाच वर्ष चितवन वासिको लागि अध्यारो वर्ष रहेको उहाले वताउनु भयो।अवको वर्ष चितनव वासिको लागि उज्यालो वर्ष रहने उहाले वताउनु भएको छ।

 

No description available.

चुनावी अभियानका क्रममा भरतपुरको मंगलपुर,गोपाल चोक,फुलवारि,राधापुर,शिवनगर,कन्चनवस्ति,,सुन्दर वस्ति लगायतका स्थानहरुमा बोल्द नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी , विकासप्रेमी तथा राष्ट्रवादी नेतृत्व छान्न समेत उहाले आग्रह गर्नुभयो।‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा अवरुद्ध भयका विकास निर्माणको काम लाई आफुले निरन्तरता दिने उहाले वताउनु भयको छ। पूर्वमन्त्री पाण्डेले भन्नुभयो, ‘यसले चितवनवासी आम जनताको जनजिवनमा अध्यारो भएको छ र घाटा मात्रै व्यहोर्नु पर्या । त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन।आफू मात्र विकास निमार्णको काममा कम्मर कसेर लाग्ने उहाले वताउनु भयो।

No description available.

 

२०७४ सालको निर्वाचनमा आफू पराजित भएर पनि त्यसपछिको पाँच वर्षमा यो निर्वाचन क्षेत्रमा धेरै अध्ययन गरेर जनताको पीर, मर्का र समस्या बुझ्ने प्रयास गरेको उहाँले बताउनुभयो । ‘मैले जति समस्या देखेको छु, ती सबैको समाधान गर्ने जिम्मा बोक्न सक्छु मेरा काधहरु वलिया छन साथै नविन चितवन निमार्णको योजनासहित म यहाँहरूको घरदैलोमा आएको छु,’ उहाँले भन्नुभयो मलाई काम गर्ने मौका दिनुहोस म गरेर देखाउछु।विकसित र समृद्ध चितवन कस्तो हुन्छ आफुले आउदो पाच वर्षमा देखाउने भन्दै अन्य कसै संग चितवन विकासको खाका नरहेको उहाले वताउनु भएको छ।चितवनमा रहेको तमाम सुकुम्बासी हरुको समस्या समाधान गर्न आफू इमानदारी पुर्वक लाग्ने वताउनु भएको छ।

 

यहाँ ठुला भन्ने दलहरुले विगतमा देशमा भएभरका उध्योगधन्दा,कलकारखाना सवै कौडिको मोलमा वचेर युवा हरुलाइ विदेशिन वाध्य वनाएको र विदेशीयका युवाहरुले पठायको रेमिटान्समा समेत भ्रष्टाचार गरेर मुलकलाइ आर्थिक रुपमा टाट पल्टाउन प्रयासरत रहेको भन्दै यो काहाली लाग्दो अवस्था वाट मुलुकलाई पार लाउन आफुहरुले जित्न पर्ने वताउनु भएको छ। आज मुलुकमा संचित रकम समेतको अभाव हुन थालेको भन्दै उहाले सरकारको काम राष्ट्रिय ढुकुटि लुटेर कार्यकर्ता पोस्न उद्धत रहेको वताउनु भयको छ। आफू यो निर्वाचन गठवन्धनको नभै जनताको वलमा जित्ने समेत उहाले वताउनु भएको छ। के,के कुन,कुन रुपका गठवन्धन छ त्यो आफुलाइ मतलव नरहेको आफू केवल जनताको वलमा रहेको वताउदै उहाले निकै मतको अन्तरमा आफू विजय हुने दावी गर्नुभयको छ। म मेरा प्रतिस्पर्धि हरु भन्दा निकै अगाडि रहेको वताउनु भयो।जनता जनार्दन हुन जनता कसैको पेवा हैनन जुन जुन गठवन्धन आय पनि जनता विकासको पक्षमा रहेको र आफुले त्यसको नेतृत्व गर्ने उहाले वताउनु भएको छ।