२०८१ आश्विन ७ , सोमवार

एलओडी नाइट क्लबमा ओली, सार्वजनिक गरे र्‍याप गीत

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् ।

चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा ओलीको पनि आवाज मिसाइएको छ । गीतमा  पार्टी अध्यक्ष ओलीको गुणगान छ ।

 

गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।