२०८१ पुष ११ , बिहिवार

सर्वाधिक गोलको रेकर्डमा नाम थप्न प्रतिस्पर्धा, यी हुन् विश्वकपमा धेरै गोल गर्ने खेलाडी !

सुनाखरी न्युज/ काठमाडौं ।
२०२२ को विश्वकप खेलमा पनि सर्वाधिक गोलको रेकर्ड बनाउनका निम्ति ६ खेलाडीबीच प्रतिस्पर्धा छ।

जर्मनका मिगोस्लभ क्लोसले अहिलेसम्मका सबैभन्दा बढी गोलकर्ता हुन्। आफ्ना टिमका लागि उनले १६ गोल गरेका छन्। विश्वकपका २४ खेलबाट उनले १६ गोल गरेका हुन्।

विश्वकपका १९ खेलमा १६ गोल गर्ने ब्राजिलका रोनाल्डो दोस्रो स्थानमा छन्। सन् २००२ को खेलमा आठ गोल गरेका रोनाल्डोले त्यो वर्ष गोल्डेन बुट पाएका थिए।

जर्मनीका अर्का खेलाडी गर्ड मुलर सर्वाधिक गोकर्ताको सूचिमा तेस्रो स्थानमा छन्। तत्कालीन पश्चिम जर्मनीबाट खेल्ने मुलरको नाममा १४ गोल छ। १३ खेलबाट उनले १४ गोल गरेका थिए। यता, ६ खेलमा १३ गोल गरेका फ्रान्सका जस्ट फोन्टेन चौथो नम्बरमा छन्। १४ खेलबाट १२ गोल गर्ने पेले पाचौँ स्कोरर हुन्।

६ खेलमा १३ गोल गर्ने फ्रान्सका जस्ट फोन्टे
यता, पाँच खेलमा ११ गोल गर्ने हंगेरीका सन्दुर कोच्सिस र १७ खेलमा ११ गोल जोड्ने तत्कालीन पश्चिम जर्मनीका यर्गन क्लिन्सम्यान छैठौँ सूचिमा छन्।

सर्वाधिक गोलकर्ताको सातौँ सूचिमा ६ जना खेलाडीले नाम लेखाएका छन्। त्यस सूचिमा पश्चिम जर्मनीकै हेम्युट रहान छन् उनले १० खेलमा १० गोल जोडेका थिए। यता, १२ खेलमा १० गोल जोडेका इंगल्याण्डका खेलाडी गेरी लिन्कर यो सूचिमा समावेश छन् भने १२ खेलमा १० गोल गरेका अर्जेन्टिनाका ग्याब्रिएल पनि यो रेकर्ड भेट्टाएका छन्।

यता १० खेलाडीको नाममा ९ गोल गरेको रेकर्ड छ। त्यसमा पेरूका टेफिलो क्युबास छन्। उनले १३ खेलमा १० गोल गरेका थिए। यस्तै, २० खेलबाट १० गोल जोडेका गर्गोज लेटो र ६ खेलमा ९ गोल गरेका ब्राजिलका अदेमिर सहित, भाबा, र जैरनिहो पनि यो रेकर्ड भेट्टाउनेमै पर्छन्।

पोर्चुगलका सेबिओ, इटालीका खेलाडी त्रय क्रिष्टिन भेरी, रोबर्टो र पाओलो रोसीको नाममा पनि ९ गोलको रेकर्ड छ। यता पनि यसै सूचिमा समावेश छन्। यस्तै, स्पेनका डेभिड भिल्ला जर्मनीका तत्कालीन पश्चिम जर्मनीका खेलाडीद्वय कार्ल हेन्ज र वेइ सिलरले पनि ९ गोल गर्न सफल भएका थिए।

विश्वकपमा आठ गोल गर्ने खेलाडीको सूचिमा अर्जेन्टिनाका ग्युल स्टेबल, ब्राजिलका खेलाडीद्वय लिओनिदास र रिभाल्दो छन्।

यता उरूग्वेका ओस्करसहित तत्कालीन पश्चिम जर्मनका रूदी भोलरका नाममा पनि पनि आठ गोल जोडेको रेकर्ड छ। अर्जेन्टिनाका डियगो म्यारोडोनाको नाममा पनि आठ गोलको रेकर्ड छ।

डियगो म्यारोडोना
यसपटक सर्वाधिक गोल बनाएर रेकर्ड बनाउन ६ खेलाडीबीच मुख्य प्रतिस्पर्धा

सन् २०२२ को विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा दर्ज हुन ६ खेलाडीबीच मुख्य प्रतिस्पर्धा छ। जसको पहिलो सूचिमा छन्( उरूग्वेका स्टार खेलाडी लुइस स्वारेज। उनले १३ खेलमा ७ गोल जोडेका छन्। यस्तै, १७ खेलमा सात गोल जोडेका पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डो पनि सर्वाधिक गोल गरेर रेकर्ड थप्ने लयमा छन्।

गोल थपेर रेकर्ड राख्न प्रतिस्पर्धामा रहेका अर्का खेलाडी हुन् इंग्लयाण्डका ह्यारी केन। उनले ६ खेलमा ६ गोल जोडेका छन्। ८ खेलमा ६ गोल जोडेका कोलम्बियका जेम्स रोड्रिगज पनि सर्वाधिक गोलकर्तामा रेकर्ड राख्ने पक्षमा छन्।

यता, १० खेलमा ६ गोल गरेका ब्राजिलका स्टार नेइमार पनि यसै सूचिमा छन् भने अर्जेन्टिनाका भरोसा लिओनल मेसी पनि गोल थपेर रेकर्ड राख्ने पक्षमा छन्। उनको नाममा १९ खेलबाट ६ गोल जोडेको रेकर्ड छ।

यो विश्वकप पोर्चुगलका कप्तान रोनाल्डो र अर्जेन्टिनाका कप्तान लिओनल मेसीका लागि अन्तिम हुनसक्छ। अन्तिम मौकामा गोल थप्दै आफ्नो नाममा रेकर्ड बढाउन उनीहरूले हरसम्भव प्रयत्न गर्नेछन्।

(विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको सामाग्री)