२०८१ मंसिर १२ , बुधवार

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित

सुनाखरी न्युज/ काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ ।

१३२÷११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ । यसबाट करिब ५ हजार ग्राहककामा विद्युत आपूर्ति समस्या देखिएको हो । नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमश ः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको छ ।

 

वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको छ ।प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ । प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५÷४५ एमभिएले प्रतिस्थापन गर्दै छ । त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ ।