२०८१ आश्विन ७ , सोमवार

८४ वर्ष पुरा गरेका भारतीय सेनाका पुर्व जनरल मेहता सगै ११ जनालाई सम्मान

सुनाखरी न्युज/ कास्की । ८४ वर्ष उमेर पुरा गरेका भारतीय सेनाका पुर्व मेजर जनरल अशोक मेहता सगै ११ जनालाई पोखरामा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ ।

 

२÷५ जी आर (एफ एफ) (भी सी पल्टन) पुर्व सैनिक परिवार पोखराको १३६ औ जन्म जयन्ती (मालाकाण्ड डे) को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरुका परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेहता सगै १०४ वर्षका राम प्रसाद गुरुङ गरि ११ जनालाई सम्मान गएिको थियो । आफना पल्टनका पुर्व सैनिक परिवारसंग आफनो ८४ औ जन्मोत्सव मनाउन मेहता पोखरा आएका हुन् । चार वर्ष अघि मेहताले आफनो ८० औ जन्मोत्सव समेत पोखरामा मनाएका थिए । पोखरा महानगरपालीका ३२ लामेआहाल स्थित बुद्धीमान गुरुङको घरमा आफनो ८० औ जन्मोत्सव मनाउने क्रममा मेहताले सोही दिन आफनो ८४ वर्षको जन्मोत्सव समेत पोखरा आएर मनाउने बताएका थिए । सन १९९३ मा अदिती संग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा आई उनले विहे समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न विषयमा स्नातक तह उत्तिर्ण गरेका सैनिकका परिवारका ९ जनालाई सम्मान गरिएको आयोजक २÷५ जी आर (एफ एफ) (भी सी पल्टन) पुर्व सैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए । आयोजक संस्थाका सचिव दल बहादुर गुरुङका अनुसार अनुसार समितिले वर्षमा दुई पटक भि सि डेका अवसरमा २६ जुुनमा र मालाकाण्ड डे का अवसरमा १० नेभेम्वर गरि वर्षको दुई पटक विशेष कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाउने गरेको छ ।

 

यस्तो छ मेहताको पोखरासंग सम्बन्ध
पोखरा आउदा प्राय भारतीय पेन्सन क्याम्प रामवजारमा वस्दै आएका मेहता विगत १०÷११ वर्षदेखी लामेआहाल स्थित सुवेदार यामवहादुर गुरुङको घरमा वस्ने गरेका छन् । भारतीय सेनाको २÷५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मेहता नेपाल आउदा प्राय उनकै घरमा वस्ने गरेका छन् । गुरुङलाई छोरा मान्ने मेहता वर्षमा ३÷४ पटक पोखरा आउने गरेका र आउदा उनकै घरमा वस्ने गरेका छन् ।

 

मलाई विहान वेलुका धेरै हिड्न पर्छ पेन्सन क्याम्पमा वस्दा हिड्ने स्थान छैन तर लामेआहलमा वस्दा चारै तिर पहाड छ र हिड्नका लागि सहज हुने गरेका कारण आफु लामेआहाल आएर वस्ने गरेको मेहताले वताए । शाकाहारि खाना खाने उनले प्राय नेपाली खाना र साग सव्जी मन पराउने गरेको गुरुङ वताउछन् ।