सुनाखरी न्युज/ काठमाडौं । नेपालले पहिलो पटक विश्वकम क्रिकेटको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । आईसीसीले नेपाललाई महिला क्रिकेटतर्फकै ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर दिएको हो ।
हालसम्म कुनै पनि प्रकारको विश्वकप आयोजना गर्ने अवसर नपाएको नेपालले सन् २०२७ को अन्डर–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने भएको हो । यो प्रतियोगिता नेपाल र बंगलादेश मिलेर गर्नुपर्नेछ । आईतबार आईसीसीले २०२७ मा महिलातर्फको यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।
उक्त सार्वजनिक नाममा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी–२० विश्वकपको आयोजना गर्नुपर्ने भनिएको छ । त्यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप भने श्रीलंका, सन् २०२६ को पुरूष यू–१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने भएका छन् । त्यस्तै सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्ने आईसीसीले जनाएको छ ।