सुनाखरी न्युज/ काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले चालू आवको पपहिलो त्रैमानिको अपरिष्कृत वित्तीय विवरणमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत नाफा बढाएको छ। कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेको, अन्य आम्दानी २४८.४३ प्रतिशत बढेले समग्र नाफामा वृद्धि भएको हो ।
त्यसैगरी, कम्पनीको कुल आम्दानी १६.६१ प्रतिशत कुल खर्च २०.०३ प्रतिशत घटेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ।