सुनाखरी न्युज/ काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गर्नु भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहो¥याउनु भयो । मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरुको लक्ष्य रहेको भनाई थियो । नेपाली काँग्रेसले नेकपा (एमाले) ले खुलेआम निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ ।
पार्टीका प्रवक्ता महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । प्रवक्ता महतले नेपाली काँग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरसः पालना गरिरहेको जिकीर गर्नु भयो । उहाँले एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको दोहो¥याउनु भयो ।