२०८१ पुष २७ , शनिवार

प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच सेवा सुविधामा छुट सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटल(PBCL) तथा क्रिस्टल डाईग्नोस्टिक प्रालिबीच प्रभु क्यापिटलका हितग्राहीकोलागि विशेष छुट समझौता भएको छ । २०७९ कात्तिक २९ गते मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो ।

 

सम्झौता अनुसार उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छुट पाउनेछन् भने एप डाउनलाेड गरेको टेस्टमा ल्याबबाट १०% छुट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलाेड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

 

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ । काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

 

नेपाली पूँजी बजारमा भिडियाे केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।