सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड रुपैयाँ र फाइनान्समा २ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि मंसिर २ गते बिहान १० बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो मंसिर ८ गतेदेखि २०८० मंसिर ९ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।