२०८१ पुष २८ , आइतवार

पहिलो त्रैमासमै नेपाल टेलिकम नाफामा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. २ अर्ब २२ करोडभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ५२ प्रतिशत मात्र कम भएको हो ।

 

गत वर्ष यस अवधिसम्म रू. २ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी शून्य दशमलव ८० प्रतिशत बढेको छ । गत वर्ष रू. १० अर्ब ९५ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ अर्बभन्दा बढी कुल आम्दानी गरेको हो । हाल २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १८ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षको तुलनामा ५ दशमलव ४० प्रतिशत कम रू. ७९ अर्ब २९ करोडभन्दा बढी कायम भएको छ ।

 

वार्षिक प्रतिशेयर आम्दानी रू. ४९ दशमलव ४६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५४० दशमलव ५१ रहेको छ । आफ्ना ग्राहकलाई सेवा दिएवापत कम्पनीले यस वर्ष रू. ९ अर्ब ७ करोडभन्दा बढी मात्र आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी रकम रू. ९ अर्ब ७७ करोडभन्दा बढी रहेको थियो ।