सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अर्थात निफ्राको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ३० गते) अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको छ । सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।