२०८१ आश्विन ७ , सोमवार

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ ।

 

नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएका समय विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।

 

आज हामीले कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा हाम्रा जनशक्ति परिचालन गरेका छौँ । पाण्डेको भनाइ छ ।