सुनाखरी न्युज / काठमाडौं – मोरङमा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन ।
बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँपालिका–५ बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच आपसमा बादविवादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा गए राति उपचारको क्रममा मृत्यु भएको हो ।