२०८१ आश्विन ७ , सोमवार

घरमा आगलागी हुँदा भक्तपुरमा एकजनाको मृत्यु

 

सुनाखरी न्युज /  काठमाडौं  –  भक्तपुरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ राइटोल माथिल्लो कुण्डोलमा भएको आगलागीबाट २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए । आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उनले जानकारी दिए । पाण्डेका अनुसार आज बिहान आत्मराम केसी र हरिशरण केसीको कच्ची घरमा आगलागी हुँदा आत्मारामकी छोरी अस्मिताको मृत्यु भएको हो । “

आगलागी सशस्त्र प्रहरी बल भक्तपुरबाट दुईवटा दमकल परिचालन गरिएको थियो । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।