सुनाखरी न्युज/काठमाडौं ।
काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै उपत्यकाको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।
एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ ।
निर्वाचन आयोगले तोकेका बाहेक अन्य सवारी साधन सञ्चालन नहुने प्रजिअ उपाध्यायले बताए ।
त्यस्तै निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ ।