२०८१ पुष १० , बुधवार

निगमको भोजपुरतर्फ उडिरहेको ट्वीनअटर भाइब्रेसन भएपछि काठमाडौं फर्कियो, निगमका आन्तरिक तर्फका सबै विमान ग्राउन्डेड

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको  भोजपुरतर्फ उडिरहेको ट्वीनअटर जहाज  फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण भाइब्रेसन (थर्किने) हुन थालेपछि  काठमाडौं नै फर्किएको छ ।

 

१५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको एक पाइलटले बताए ।

 

बिहान पौने ७ बजे भोजपुरका लागि उडेको उक्त विमानमा काठमाडौं फर्किने १० यात्रु थिए । निगमको त्यो विमान ग्राउडेड भएपछि अर्को विमान नहुँदा दुवै तर्फका यात्रु अलपत्र परेका छन् । उक्त ट्वीनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।