२०८१ कार्तिक ३० , शुक्रवार

विवाह अघि इन्टिमेट हुनु कति सही ?

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता अर्जुन कपुर एमटीभीको वेब सिरिज ‘निषेध टु’ को प्रोमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अर्जुन कपुरले मिडियासँग साक्षात्कार गरेका छन् । यतिबेला उनले गर्भपतन, क्षयरोग, यौनजन्य रोगसमेत विभिन्न कुरामा खुलेर कुरा गरे । यसैबीच एक पत्रकारले उनलाई विवाह अघि यौन सम्बन्ध र धेरै पार्टनरसँगको सम्बन्ध कति सही भनेर प्रश्न सोधेका छन् ।

पत्रकारले सोधे, ‘हाम्रो देशको पहिचान हाम्रो देशको बलियो संस्कृति हो जहाँ विवाह अघि कसैले यौन सम्बन्ध स्थापित गर्दैन । विवाह अघि वा पछि, मल्टिपल पार्टनर्स हुन् वा सेक्सको विषयमा के तपाईंको खुल्ला विचार छ रु भारतको पहिचान हो – वान वुमन, वान म्यान । हामी एक पटक बाँच्छौँ, एक पटक नै मर्छौँ र विवाह पनि एकपटक मात्रै गर्छौँ । यसबारे तपाईंको सोच के हो रु के विवाह अघि यौन सम्बन्ध राख्नु ठिक हो । एकभन्दा बढी पार्टनर राख्नु सही हो ?’

बलिउड  अभिनेता  अर्जुन कपुरले विवाह अघिको यौन सम्बन्धबारे आफ्नो धारणा राख्दै भने, ‘यो परिचय कसले बनायो र’ पत्रकारले जवाफ दिन्छन् – शाहखरु खानले । अर्जुनले यसबारे भने, ‘शाहरु खान भारतको परिचय होइनन् ।’ यसका साथै उनी हल्का मुस्कुराउँछन् । त्यसपछि पत्रकारले भने, ‘शाहरुख खान नै भारतको यो परिचयलाई प्रोमोट गर्छन् । ’ अर्जुनले यो कुरा मान्नै चाहेनन् र भने, ‘शाहरुख खानले यस्तो केही पनि गर्दैनन् ।’

 

अर्जुनले पत्रकारको प्रश्नलाई सही तरिकाले जवाफ दिँदै भने, ‘एक व्यक्तिको जीवनमा धेरै नै उतार–चढाव आउँछ । तपाईंको भेट धेरै मान्छेसँग हुन्छ । थुप्रै सम्बन्धलाई बुझ्नुहुन्छ । जब तपाईं विवाह गर्ने मुडमा पुग्नुहुन्छ, यो ती व्यक्तिका लागि निकै ठूलो कुरा हुन्छ । विवाह गर्नुभन्दा पनि ठूलो कुरा हो कसैसँग सम्बन्धमा रहनु । विवाहसम्म पुग्नका लागि पनि त थुप्रै चरण पार गर्नुपर्छ । त्यसपछि तपाईंले ती व्यक्तिलाई भेटेर यहि व्यक्तिसँग विवाह गर्ने कि नगर्ने भनेर निश्चित गर्नुहुन्छ ।’

यी व्यक्ति तपाईंका लागि सही छन् कि छैनन् भनेर कसरी थाहा हुन्छ रु १८–२० वर्षको उमेरमा तपाईंलाई प्रेमबारे के थाहा हुन्छ । कतिपटक तपाईंलाई लाग्ला कि यही साँचो प्रेम हो तर पछि तपाईंलाई आफ्नो करियरमा ध्यान दिनुपर्छ भन्ने महसुस हुन्छ । तपाईं सायद यो सम्बन्धलाई अघि बढाउन सक्नुहुन्नँ किनभने समयसँगै सायद यसले काम पनि गर्दैनन् । तपाईंले मलाई मल्टीपल पार्टनर्सबारे सोधिरहनुभएको छ । अरे यो जीवन हो कुनै भिडियो गेम होइन त्यसैले मलाई लाग्छ कि तपाईंले आफ्नो प्रश्न फेर्नुपर्छ किनभने यसको जवाफ निकै लोजिकल छ ।’

कामको कुरा गर्ने हो भने अर्जुन कपुर फिल्म ‘कुत्ते’ मा देखिनेछन् । यो फिल्मको निर्देशन आसमान भारद्वाजले गर्नेछन् । यसबाहेक अर्जुन कपुर ‘द लेडी किलर’ र ‘मेरी पत्नी’ को रिमेकमा पनि देखिनेछन् ।