२०८१ आश्विन ७ , सोमवार

चर्चित पञ्जाबी नायिका दलजीत कौरको निधन

सुनाखरी न्युज/ काठमाडौं ।

पञ्जाब फिल्म उद्योगकी अभिनेत्री दलजीत कौरको निधन भएको छ । ६९ वर्षको उमेरमा दलजीतको निधन भएको हो । थुप्रै हिट फिल्म दिने दलजीतको पञ्जाब सिनेमामा महत्वपूर्ण योगदान छ ।

 

उनको निधन बिहिबार १७ नोभेम्बरमा लुधियानामा उनको कजन भाइको घरमा भएको हो । नायिकाका कजन हरिन्दर सिंह खंगुराका अनुसार ६९ वर्षकी दलजीत पछिल्लो तीन वर्षदेखि ब्रेन ट्युमरसँग लडिरहेकी थिइन् । पछिल्लो एक वर्षदेखि दिलजीत डिप कोमामा थिइन् । नायिकाको शुक्रबार अन्तिम संस्कार गरिनेछ ।

दलजीतले ‘गडबड हे, पटोला, सइदा जोगन, सरपंच, सैदा जोगन, की बनू दुनिया दा, पुत जट्टां दे’ लगायतका चर्चित फिल्ममा काम गरेकी छिन् ।