२०८१ आश्विन ६ , आइतवार

‘ह्यारी कि प्यारी’ले लियो रिलिज डेट

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर शुक्रबार निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

चलचित्र आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । पोस्टरमा बाकसमाथि उभिएका जितु र साम्राज्ञीलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके राखिएको छ ।

चलचित्रको अर्को पोस्टरमा जितुले साइकल चलाइरहेका छन् भने साम्राज्ञीले माइकिङ गरिरहेकी छन् । तेस्रो पोस्टरमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ । अभिनेत्री रेखा थापाको विशेष भूमिका छ ।

डाक्टर कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंको कथा तथा निर्देशन रहेको छ ।