२०८१ कार्तिक २३ , शुक्रवार

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवा भेदभावको शिकार: संयुक्त राष्ट्रसंघ

सुनाखरी न्युज/ प्रिटोरिया ।

दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष ९युनिसेफ०ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ ।

उमेर, लिंग, शिक्षा, आम्दानी र छालाको रंगका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडिमात्र जारी गरिएको हो ।

प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन् । बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएका छन् ।

“बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ,ड उनले भनिन्, “विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो ।” राससरसिन्ह्वा