सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका छन् । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौंको मीनभवन मतदान केन्द्रको पर्यवेक्षण गरेका छन् । निर्वाचनको पर्यवेक्षण गर्नका लागि विदेशी र स्वदेशी पर्यवेक्षक रहेका रहेका छन् । आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ ।
निर्वाचन पर्यवेक्षण गर्न जापानको विदेश राज्यमन्त्री तकेई शुनसुके सबैभन्दा उच्च तहका विदेशी पर्यवेक्षक छन् । निर्वाचन पर्यवेक्षणका लागि भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार, बंगलादेश काजी हबिबुल अवल र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फवाद तौफिक, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङ आएका छन् ।
त्यस्तै, नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूले पनि मतदानको दिनको अवलोकन गरिरहेको आयोगले जानकारी दिएको छ । उनीहरूले प्रायस् काठमाडौं उपत्यकाको मतदान केन्द्रको अनुगमन गर्ने आयोगले जनाएको छ ।