२०८१ आश्विन ७ , सोमवार

मत खसाल्दै प्रधानमन्त्री देउवा

सुनाखरी न्युज/ डँडेलधुरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार छन् ।

मौन अवधि सुरु भएपछि डडेलधुराको रातो गुराँस रिसोर्टमा मुकाम बनाएर बसेका प्रधानमन्त्री देउवाले बिहान १० बजे मतदानस्थल पुगेका थिए ।

 

देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले पनि मतदान गरेकी छन् ।

देउवाले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने बताए ।

मतदानपछि प्रधानमन्त्रीले स्थानीयहरूसँग भेटघाट गरिरहेका छन् ।