२०८१ मंसिर १२ , बुधवार

अधिकांस भागमा शान्तिपूर्ण मतदान सम्पन्न, एकाध स्थानमा झडप, केही स्थानको निर्वाचन रोकियो

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ । १६५ प्रतिनिधि सभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि मतदान जारी छ ।

त्यस्तै प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ र प्रदेशसभा तर्फ २२० जना समानुपातिकतर्फबाट चयन हुनेछन् ।
त्यसका लागि देशभर मतदान भइरहेको छ ।

एकाध स्थान सामान्इ झडप वाहेक अधिकांस भागमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

मधेस प्रदेशका सिराहा, रौतहटलगायतका केही स्थानमा मतदानका क्रममा केही विवादपछि हवाई फायर भएको छ भने बर्दियाको एउटा मतदान केन्द्रमा मतदान रोकिएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुले मतदान गर्ने क्रम जारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष नेताहरुले आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरिसकेका छन् । ओली पनि भक्तपुरको बालकोटमा रहेको मतदान केन्द्रमार्फत केहीबेरमा मतदान गर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मतदानपछि गोरखा पुगेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि काठमाडौंमा मतदान गरेर चितवन पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भावी प्रधानमन्त्रीका विषयमा अहिले बोल्न नमिल्ने प्रतिक्रिया दिए ।

अबको प्रधनमन्त्री को हो रु भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले आचार संहिता लाग्छ भन्दै ‘ठट्टा’ गरेका हुन् ।