२०८१ आश्विन ७ , सोमवार

बाबुराम र नारायणकाजीले गरे मतदान

सुनाखरी न्युज / गोरखा – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर–२ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । डा। भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका हुन् ।

यस्तै, पूर्वउपप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । श्रेष्ठले बिहान ७ः४९ बजे मतदान गरेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा आइपुगेका थिए ।

यसैगरी, पूर्वस्थानीय विकासमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटारस्थित वीरभद्र प्राथामिक विद्यालयको ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । रासस