२०८१ आश्विन ७ , सोमवार

यी जातका गाईबाट सबैभन्दा बढी दुध उत्पादन…

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको एक तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ अनुसार यस्तो देखिएको हो ।

यसमा चार जातका गाईबाट सर्वेक्षण गरिएको थियो । तीमध्ये स्थानीय जातका दुई हजार ९८, जर्सी(जर्सी क्रसब्रिड जातका ५ हजार ९५४, होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातका ६ हजार ८०९ र अन्य उन्नत जातका ५१९ गाईमा सर्वेक्षण गरिएको थियो ।

चार जातका १५ हजार ३८० वटा दुध दिइरहेका गाईबाट औसत दुध दिने अवधि (बेत) समयमा चार करोड ५८ लाख तीन हजार ४५७ लिटर दुध उत्पादन भएको सर्वेक्षणले देखिएको छ ।

उक्त सर्वेक्षण अनुसार होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातका गाईबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको छ।