२०८१ आश्विन ६ , आइतवार

‘ब्रम्हास्त्र’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

सुनाखरी न्युज/ काठमाडौं ।

हिन्दी सिनेमा ‘ब्रम्हास्त्र’  युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ । केही दिनदेखि लगातार यो चलचित्र युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा रहेको छ ।

‘ब्रम्हास्त्र’ भारतमा आक्रामक व्यापार गरेको सिनेमा हो । हल रिलिजको छोटो समयमै यो चलचित्र युट्युबमा पनि रिलिज गरिएको हो ।

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चनलगायत कलाकारको अभिनय रहेको चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।