२०८१ पुष २५ , बिहिवार

ट्विटरको ‘ब्लू टिक’का लागि अब ८ डलर

सुनाखरी न्युज/ काठमाडौं ।

ट्विटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू टिक भेरिफाइड स्टेटस’ किन्न दिने योजनाहरू पुष्टि गरेको छ । विश्वका सबैभन्दा धनी मस्कले गत महिना ४४ अर्ब डलरको सम्झौतामा फर्म खरिद गरेपछि ट्विटरको आम्दानमीमा विविधता ल्याउन खोजिरहेको देखिन्छ ।

एप्पल डिभाइसहरूको एक अपडेटमा, कम्पनीले यो सुविधा निश्चित देशहरूमा प्रयोगकर्ताहरूका लागि खुला हुने र ट्विटर ब्लू सर्भिस साइन अप गर्न प्रतिमहिना ७ दशमलव ९९ डलर लाग्ने बताएको छ ।

ट्विटरको प्लेटफर्म नक्कली खाताहरूले भरिएको चिन्ताका बीच गरिएको नीति परिवर्तन विवादस्पद भएको बीबीसीले उल्लेख गरेको छ ।

एलन मस्कले मस्कले हातमा लिएपछि शुक्रबार कम्पनीका करिब आधा कर्मचारीलाई ट्विटरले हटाएको थियो । यो त्यसकै निरन्तरता हो ।

यसअघि हाइ–प्रोफाइल, प्रभावशाली व्यक्तिहरू एवं संस्थाहरू ब्लू टिक उपलब्ध थियो । त्यसका लागि उनीहरूलाई आफ्नो पहिचान प्रमाणित गर्न भनिएको थियो ।

ब्लू टिकलाई प्राफाइल प्रामाणिक छ भन्ने संकेतको रूपमा प्रयोग गरिएको छ । र, यो प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा भरपर्दो जानकारी पहिचान गर्न मद्दत गर्ने एक प्रमुख ‘टूल’ हो ।

नीति परिवर्तनले सरकारी व्यक्तित्व, सेलिब्रेटी, पत्रकार र ब्रान्डहरूलाई मासिक शुल्क तिर्न इच्छुक कुनै पनि प्रयोगकर्ताले नक्कल गर्न सक्ने चिन्ता बढाउन सक्छ ।

 

बीबीसीबाट ।