२०८१ पुष १२ , शुक्रवार

विश्वकप २०२२ कतारमा सुरु, कतार र इक्वेडरबीच प्रतिस्पर्धा

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वकप फुटबल २०२२ कतारमा भव्य समारोहबीच सुरु भएको छ । उद्घाटन खेल नै आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा भइरहेको छ ।

 

अल बायात रंगशालामा सुरु भएको खेलको तस्रो मिनेटमै इक्वेडरका एनर भ्यालेन्सियाले अफसाइड गोल गरेका थिए ।

 

उद्घाटन खेल अवलोकन गर्नका लागि संसारभरका फुटबलप्रेमी र खेलाडीहरू कतार पुगेका छन् । जहाँ ८ वटा रंगशालामा ६४ वटा खेल हुने तालिका छ । विश्वकप खेल आयोजना गराउने कतार पहिलो मध्यपूर्वी देश पनि हो ।

आयोजक कतारले रंगशाला बाहिर पनि प्रमुख स्थानमा विश्वकपमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठूला फुटबल सजाएर प्रदर्शन गरेको छ । यस्तै बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन्। सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रो ९रेल० पनि विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ।