२०८१ मंसिर ११ , मंगलबार

इन्डोनेसियामा भूकम्प जाँदा ५० को मृत्यु, सयौं घाइते

एजेन्सी/ काठमाडौं ।
इन्डोनेसियाको जाभा टापुमा भूकम्प जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । ५ दशमलब ६ म्याग्निच्युडको  भूकम्प जाँदा  सयौं घाइते भएको बताइएको छ । भूकम्पको धक्काले थुप्रै भौतिक संरचना भत्किएका छन् ।

 

अस्पतालसहित इस्लामिक स्कुल र अन्य सरकारी भवन पनि भूकम्पको क्रममा भत्किएका छन् । रोयटर्सका अनुसार कम्तीमा ३ सय भवन भत्किएका छन् ।

 

पश्चिम जाभा प्रान्तको सियान्जुर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको हो ।

स्थानीय मिडियाका अनुसार कतिपय भौतिक संरचना भत्किँदा मानिसहरू पुरिएर थुनिएका छन् । साथै ७ सय मानिस घाइते भएको बताइएको छ ।