सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधि सभातर्फ विभिन्न क्षेत्रको मतगणना भइरहेका छन्। एक क्षेत्र रहेको मुस्ताङमा भने नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्।
कांग्रेस अहिलेसम्म २८ ठाउँमा अगाडि छ भने नेकपा एमाले १५ ठाउँमा अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा अगाडि छ भने राप्रपा ४ सिटमा अगाडि छ।
नेकपा एकीकृत समाजवादी चार सिटमा अगाडि देखिएको छ। नेकपा माओवादी केन्द्र ३ सिटमा अगाडि देखिँदा सिके राउत नेतृत्वको जनमत पार्टी २ सिटमा अगाडि छ।
लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी दुई-दुई सिटमा अगाडि छन्। नागरिक उन्मुक्ति पार्टी २ सिटमा अगाडि छ।
प्रदेश सभातर्फ नेपाली कांग्रेसले मुस्ताङमा एक सिट जितिसकेको छ। कांग्रेस १३ सिटमा अघि छ।
एमाले प्रदेश सभामा १८ सिटमा अग्रता लिँदा माओवादीले ५ सिटमा, राप्रपा ३ सिटमा र नागरिक उन्मुक्ति पार्टी ४ सिटमा अगाडि छ।