२०८१ आश्विन ६ , आइतवार

पल र वर्षाको फिल्म ‘वीरविक्रम २’को हिन्दी ट्रेलर रिलिज

सुनाखरी न्युज/ काठमाडौं ।

पल शाह र वर्षा शिवाकोटीको अभिनय रहेको फिल्म ‘वीरविक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । कोरोना महामारीको कारण फिल्म हलमा रिलिज हुन नपाएपनि निर्माताले युट्युवमा सार्वजनिक गर्ने घोषणा गरेका छन् । भर्चुअल रिलिजअघि फिल्मको हिन्दी डब ट्रेलर रिलिज भएको हो ।

निर्देशक चाम्सका अनुसार पुष १५ गते ओएसआर इन्टरनेशनलको युट्युब च्यानलमा हिन्दी डब रिलिज हुनेछ । फिल्मको नेपाली संस्करण भने हलमा रिलिज भैसकेको छ ।

 

फिल्ममा नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुको समेत अभिनय छ । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा अर्पण सापकोटा र सह९निर्मातामा रञ्जिता सिवाकोटी छन् । फिल्मले मित्रताको कथा पेश गर्छ ।

हेर्नूस ट्रेलर :