२०८१ आश्विन ७ , सोमवार

सम्पन्न आमनिर्वाचनले संबिधान र गणतन्त्र संस्थागत भएको छ, कांग्रेस नेतृत्व लाई बधाई

 किरण गिरी ।
सभापतिको बक्तब्य :-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिनु भएको छ । उहाँको वक्तव्यको पूर्ण पाठ यसप्रकार छ :-

 

“प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । यो आम निर्वाचनमा तपाईहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ । मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो । यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु । निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु । निर्वाचनमा तपाईहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु । साथै, प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले – निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ ।
संबिधान र गणतन्त्र संस्थागत :-
सम्पन्न आम निर्वाचनले नेपालको संबिधान र राजनीतिक प्रणाली ” संघीय लोकतान्त्रिक गणतन्त्र ” संस्थागत बिकास एबं थप सुदृढ भएको छ ।
मतदाताले ब्यबस्थामा होइन , अबस्थामा परिबर्तन खोजेका छन राजनीतिक दलहरूमा र कार्यशैलीमा व्यापक सुधार तथा परिवर्तनको आबश्यकता देखियो ।
दलहरूमा नयाँ र युबा पुस्ताको भुमिका र भबिस्य सुनिश्चित हुनुपर्ने अबस्था जरुरी देखिन्छ ।
चुनावी प्रतिस्पर्धा सकियो , अब मुलुक बिकास र समुन्नति को लागी दलहरू बीच संबाद , सहमति र सहकार्य अत्यावश्यक ।
गरिबी को न्युनिकरण र रोजगारीका अबसर सृजनाको लागी सार्थक र इमान्दार प्रयासको थालनी मा अब ढिलो नगरौं ।
जय नेपाल ।
किरण गिरी , नेपाली कांग्रेस को विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा ब्याक्तित्व :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार – बिगत तीन दशक देखी पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
सहकारी अभियन्ता – बिगत तीन दशक देखी सक्रिय सहकारी सदस्य समेत ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक , फेसबुक पेज , टुइटर लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय ।

लेखक – किरण गिरी नेपाली कांग्रेस केन्द्रीय नेता , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य । समानुपातिक उम्मेदवार , संघीय संसद प्रतिनिधि सभा -२०७९ , नेपाली कांग्रेस हुन ।