सुनाखरी न्युज/ काठमाडौं । ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता लाई लक्षित गरेर “फुटबल हंगामा”नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्तगर्न सक्नेकम्पनीले जनाएको छ । साथै टिसिएलका कुनै पनिहोम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशालीग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजनपनिजित्न सक्नेछन। ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएल टाईप गरि आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ। यो योजना मङ्सिर १ गतेदेखि सीमितअवधिकालागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्जअफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। टिसिएलब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो। नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरु लाई सिजी डिजिटल शोरुम तथाआफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभवप्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी,भक्तपुर राधेराधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुमा रहेका छन।