२०८१ आश्विन ६ , आइतवार

सिद्धार्थ श्रेष्ठ बने नेपालको पहिलो रियलमी सुपर डान्सर

सुनाखरी न्युज/ काठमाडौं । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’कोपहिलो सिजनको उपाधी सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ ।

शुक्रबार राती सम्पन्नसुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधीजितेका हुन्। विजयी भए सँगै सिद्धार्थले १५ लाख रुपैयाँनगद, रियलमी जिटि नियो ३ स्मार्टफोन र अन्य पुरस्कार पनिजितेका छन् भने उनका गुरु मिङ्मा डी लेप्चालाई पनिनगद रु ५ लाख पुरस्कार रकमप्रदानगरिएको थियो । कार्यक्रमको शुरुवातमा सम्पूर्ण सहभागिहरुले २ मिनेटको रियलमीथीम संगमा नृत्य प्रदर्शन गरेका थिए ।

उपाधीविजेतालाई बधाई दिँदै रियलमी नेपालका कन्ट्री डिरेक्टर श्री मुनिशगिरी ज्युले भन्नुभयो, “यो रियालिटी शोको शुरुवातमै हामीले धेरै बालबालिकाहरुको अत्यन्तै उत्कृष्ट नृत्य कला देख्न पायौँ । यस्तो राम्रो प्लाटफर्ममा जोडिन पाउँदामलाई अत्यन्तै खुशीलागेको छ । कार्यक्रममा प्रतिभाशाली नृत्य प्रस्तुत गर्नुहुने सम्पूर्ण भाईबहिनीहरुलाई उनीहरुको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्न चाहन्छु । साथै आउँदा दिनहरुमा यस शोले धेरै भन्दा धेरै लोकप्रियता हासिल गरोस् र अझै धेरै भाईबहिनीहरुलाइआफ्नो कलाप्रदर्शन गर्ने मौका प्रदान गरोस् भन्ने शुभेच्छा पनिदिन चाहन्छु ।”

 

सुपर डान्सर नेपाल अहिले सम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को नेपाली फ्रान्चाइज हो । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले मुख्यप्रायोजन गरेको यो कार्यक्रमकान्तिपुर टिभि एच्डि र ओएसआर रियालिटी मार्फत प्रसारण हुँदै आएको थियो ।