सुनाखरी न्युज/ काठमाडौं । आइएमई पे र बीग डिजिटल वीच सम्झदारी गरिएको छ । समझदारी अनुसार कतारमा जारी विश्वकप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदकोभुक्तानीआइएमई पे बाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू.१,०००फ्ल्याट छुट पाउनु हुनेछ ।
साथै, ग्राहकहरुले रू. ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नुहुनेछ । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइविश्वकपअवधिभर कायम रहनेछ ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । “आइएमई पे”आइएमईग्रुप डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राहीआफैले अथवाएजेन्टहरुकोमार्फत विभिन्नकिसिमको भुक्तानीकार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवाप्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरु लाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।