सुनाखरी न्युज/ काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको हो ।
बिहिबार नेप्से २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ७१ करोड ५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जानकी फाइनान्स कम्पनीको शेयरमुल्य ६.२३ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज १२ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।