२०८१ आश्विन ६ , आइतवार

अवतार २–द वे अफ वाटरको ट्रेलर सार्वजनिक

सुनाखरी न्युज /काठमाडौं – यो फिल्म आगामी पुस १ गतेदेखि प्रदर्शन हुनेछ, यद्यपि, एक महिना अघिदेखि नै यसको एड्भास बुकिङ खुला गरिएको छ । ट्रेलर हेर्ने दर्शकले फिल्ममा अनौठो अनुभव गर्ने अनुमान गरिएको छ । अवतार २ को ट्रेलरमा उत्कृष्ट स्पेशल इफेक्ट, भिएफएक्स तथा ब्याकग्राउण्ड स्कोर समावेश छ । अवतार २ को बजेटका बारेमा निर्माताले हालसम्म आधिकारिक घोषणा गरेका छैनन्, यद्यपि यो फिल्मम २ सय ५० मिलियन डलर लगानी गरिएको बताइन्छ ।

 

एउटा स्रोतका अनुसार यो फिल्म सफल हुनका लागि अहिलेसम्म सर्वाधिक आम्दानी गर्ने पाँच फिल्मको सूचीमा यो समावेश हुनु पर्नेछ । टप पाँचमा पनि तेस्रो अथवा चौथा स्थानमा आयो भने मात्र यसले आफ्नो लगानी सुरक्षित गर्ने बताइन्छ । सन् २००९ मा प्रदर्शन भएको अवतारको पहिलो भागले विश्वव्यापी रुपमा २।९ बिलियन हजार करोड आम्दानी गरेको थियो । अवतार २ सफल हुनका लागि यसले अवतारको पहिलो भागसंगै प्रतिस्पर्धा गर्नु पर्नेछ ।

 

विश्वमा अहिले सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीमा अवतार पहिलो स्थान छ भने २।७ बिलियन डलर आम्दानी गर्ने एभेन्जर इन्डगेम दोस्रो स्थानमा छ