सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका हुन् ।
क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदिप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित भएका छन् । त्यस्तै काठमाडौं, २, ६, ७, ८ मा स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ क्षेत्र नम्बर ९ बाट विजयी भए । २०७४ को निर्वाचनमा काठमाडौंको ६ वटा निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । तत्कालीन वाम गठबन्धन हुँदा कांग्रेसले ४ वटा क्षेत्रमा मात्रै सफलता प्राप्त गरेको थियो । २०७४ मा १ देखि १० सम्म क्रमशस् प्रकाशमान सिंह, माधवकुमार नेपाल, कृष्ण राई, गगन थापा, ईश्वर पोखरेल भिमसेन दास प्रधान, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र राजेन्द्र केसी निर्वाचित भएका थिए। नेपाल, राई, पोखरेल, मानन्धर, जीवनराम र कृष्णगोपाल एमालेबाट र सिंह, थापा, प्रधान र केसी कांग्रेसबाट विजयी भएका थिए । यसपटकको निर्वाचनमा तीमध्ये सिंह, थापा, कृष्णगोपाल श्रेष्ठ र केसी पुनस्निर्वाचित भएका हुन् ।