२०८१ कार्तिक २३ , शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीले भनेः देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ

सुनाखरी न्युज/ झापा ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।

 

पत्रकारहरुले बिहीबार झापामा  सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए ।

‘उदय भनेर जे प्रचार, जे प्रोपोगाण्डा गरियो, त्यो वास्तवमा तपाईहरु (सञ्चार माध्यम) को कृपा हो’ उनले भने, ‘देशलाई गलत बाटोतर्फ लान खोज्दै हुनुहुन्छ नेपालको वौद्धिक जगतले । ‘ के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहा हुहुमा देश त चल्दैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको बताए ।