२०८१ कार्तिक २३ , शुक्रवार

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ११६ स्थानको अन्तिम मत परिणाम सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११५ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ४० स्थानमा जित निकाल्दै काग्रेस अग्रस्थानमा रहेको छ भने एमाले २८ स्थानमा विजयी हुँदा नेकपा माओवादी केन्द्र १२ स्थानमा विजयी भएको छ ।

 

नेकपा एकीकृत समाजवादी १० स्थानमा विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित दर्ता गरेको छ । यसैगरी राप्रपा ४ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टी, लोसपा र जसपा २-२ स्थानमा विजयी भएका छन् भने राष्ट्रिय जनमोर्चा, नेमकिपा,जनमत पार्टी १/१ स्थानमा विजयी भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार ५ ठाउँमा निर्वाचित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बाँकी ५० निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको छ ।

 

बाँकी रहेका स्थानमा एमालेले १९ स्थानमा, कांग्रेस १२, माओवादी केन्द्रले ६ र जसपा ४ स्थानको मतगणनामा अगाडी छन् । त्यसैगरी राप्रपा तीन, नागरिक उन्मुक्ती एक, लोसपा एक र राष्ट्रिय स्वतन्त्र पार्टी एक स्थानमा अग्रता हासिल गरिरहेका छन् । बाँकी ५० स्थानमध्ये बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन ।