सुनाखरी न्युज/ काठमाडौँ । नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । हुने भएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
उक्त मेला होटल हायात रिजेन्सीमा गर्न लागिएके महासंभले जनाएको छ । उक्त मेलामा हस्तकलाका वस्तुहरुको १५० वटा स्टल रहनेछन् । महासंघले नेपाली हस्तकला सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धन, प्रचारप्रसार तथा बस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्धन गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ । साथै उक्त मेलाले आयात र निर्यातको दुरी घटाई व्यापार घाटा न्युनिकरण गर्न सहयोग पुर्याउने महासंघले जनाएको छ । उक्त प्रदर्शनीमा महासंघले स्टलको मूल्य ४० हजारदेखि १ लाख २० हजारसम्म तोकेको छ । मेलामा सहभागी हुन चाहने अवलोकनकर्ताले १ सय रुपैयाँको टिकट खरिद गरी अवलोकन गर्न पाउनेछन् ।
पाँच दिनसम्म हुने उक्त मेलाको प्रमुख आकर्षणमा महासंघले परम्परागत तथा कला प्रतियोगिता अन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरूड बनाउने विधा र प्राकृतिक रेसाहरूको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । साथै, कला पर्दर्शनी अन्तर्गत फिलगिरी, थोजामाज्या र पौका, थांका, ऊनी, ढाका, कपडा गरी ३ वटा विधामा कला प्रदर्शनी गर्ने र ७० वर्ष नाघेको जेष्ठ कलाकार तथा वस्तु निर्यातकर्तालाई सम्मान गर्ने भएको छ । जसमा परम्परागत विधामा र समसामयिक विधामा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतियलाई २० हजार रकमसहित प्रमाणपत्र वितरण गरिने महासंघले जनाएको छ ।
उक्त मेलामा करिब ५ लाखदेखि १० लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ । हाल नेपालबाट ८० मुलुकभन्दा बढी देशमा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तुहरु निकासी भइरहेका छन् । सोही अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई २४ अर्बको निर्यात भइरहेको छ । हस्तकला व्यवसाय उद्योगमा ८ लाख व्यक्तिहरु संलग्न रहेका छन् । उक्त व्यापार मेलामा एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत प्रदर्शनी तथा बिक्री, उत्कृट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरूको प्रदर्शन, परम्परागत तथा नवोधित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदा आइसीएको उजागर, क्राफ्ट प्रतियोगिता हुने महासंघले जनाएको छ ।