२०८१ आश्विन ७ , सोमवार

मेडिकल काउन्सिलको विशेष परीक्षामा ७४ प्रतिशत परीक्षार्थी उत्तीर्ण

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७४.१६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार ४४ विधामा परीक्षा लिएको थियो ।
परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने काउन्सिले जनाएको छ ।

परीक्षामा सहभागी ४७६ जनामध्ये ३५३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । १२२ जना अनुत्तीर्ण र एक जनाको नतिजा रोक्का भएको छ ।