२०८१ मंसिर ११ , मंगलबार

स्रोत नखुलेको १३ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

बुद्ध एयरको उडानद्धारा विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४ सय ८४ थान र ५ सय दरको १ हजार ८ सय १० थान समेत गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।