२०८१ पुष २७ , शनिवार

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७÷७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

 

एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्वविभागतथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७÷७८ मा विभिन्नविधामाअधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।सोही अवसरमा आन्तरिक राजस्वकार्यालय पुतलीसडकलेआफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदर स्वरुप सम्मान पत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७÷७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो ।

 

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्तविभागका ईन्चार्ज रोशन के.सी ले सो सम्मानपत्र ग्रहण गरेका हुन् । देशविकासका खर्चहरूको लागि करले महत्त्वपूर्ण भूमिका खेल्दछ । साथै, यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ । नेपालमा आर्थिक वर्ष २०७७÷७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमाकार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

 

नेपालीपूँजीबजारमा सेवा क्षेत्रमामर्चेन्ट बैंकरको रुपमाकार्य गरिरहेको प्रभु क्यापिटल लिमिटेड सबैभन्दा बढी चुक्तापूँजीभएको मर्चेन्ट कम्पनी हो । जसले समयानुसारको प्रविधि अपनाईै आफ्नो व्यवसाय र सेवातीव्र विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवाप्रदानगदै आएको छ । त्यस्तै नेपालीपूँजीबजारमा Video KYC मार्फत अनलाईन डिम्याट खाता instant खोल्ने सुविधाल्याएको पहिलो तथा एक मात्र मर्चेन्ट कम्पनीहो ।