२०८१ मंसिर १४ , शुक्रवार

सानिमा बैंकको मुद्दति निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दति निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ।

 

उक्त सेवा प्रयोग गर्न ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.com df “Apply Loan up to 5 Lakhs against FD” मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात मुद्दति निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन्। अनलाइनबाट आवेदन दिएको मुद्दति निक्षेप कर्जा, मुद्दति रकमको बढीमा ९५% वा अधिकतम रु. ५ लाख मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

हाल बैंकले रेमिट्यान्स मुद्दतिमा १३.५१५, मुद्दतिमा १२.१३३५, रेमिट्यान्स बचत खातामा १०.१३३५ र बचत खाताहरुमा ९.१३३५ सम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ। सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्जालमा छन्।