२०८१ आश्विन ७ , सोमवार

प्रहरी नायव महानिरीक्षक राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार निर्देशन सम्बोधन गर्नुभएको छ ।

प्रहरी नायव महानिरीक्षक राणाले सबै संगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन गर्न सफल भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरू, म्यादी प्रहरीहरूलाई धन्यवाद दिनु भयो । प्रहरी नायव महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।

मानवअधिकार तथा आर्थिक पारदर्शितामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यका प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।